Public Pana
भरुवा बन्दुकसहित गोरखाबाट तीन जना पक्राउ

तीन थान भरुवा बन्दुकसहित प्रहरीले गोरखाबाट तीन जालाई पक्राउ गरेको छ । सहिद लखन गाउँपालिका-९ नामजुङबाट तीन जनालाई बन्दुकसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

नामजुङका २४ वर्षीय सन्दीप भुजेल, ३३ वर्षीय पर्वतबाबु थापा र ४८ वर्षीय कुलबहादुर घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । 

अवैध रुपमा लुकाइछिपाइ भरुवा बन्दुक राखेको सूचनाको आधारमा घर खनतलासी गर्दा १/१ थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखका डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।

भरुवा बन्दुकसहित पक्राउ परेकाहरूलाई आइतबार जिल्ला अदालत गोरखामा हातहतियार तथा खरखजना कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update