Public Pana
कैलालीबाट लागूऔषधसहित ६ जना पक्राउ

कैलालीबाट लागूऔषधसहित प्रहरीले एकै दिन ६ जनालाई पक्राउ गरेको छ । लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जना युवक र एक युवतीसहित ६ जनालाई पक्राउ गरेको हो ।

गोदावरी नगरपालिका–४ गोदावरीबाट दुई ग्राम ८६० मिलीग्राम लागुऔषधसहित कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ बैबाहकी २० वर्षीया कबिता बस्नेतसहित तीन जनालाई शनिबार दिउँसो पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट १० ग्राम लागूऔषधसहित धनगढीकै बैयाबेहडी बस्ने बैतडी मेलौली नगरपालिका–२ घर भएका २२ वर्षीय मनोज चन्द पनि शनिबार साँझ पक्राउ परेका छन् ।

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो । साथै डडेल्धुरा अमरगढी नगरपालिका–५ का २४ वर्षीय आकाश भट्ट पनि लागूऔषध स्पास १६ क्याप्सुलसहित शनिबार साँझ पक्राउ परेका छन् ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update