Public Pana
दोश्रो खेलमा बंगलादेशलाई हरायो नेपालले 

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशमा भएको दुई मैत्रीपूर्ण खेलको ट्रफी  आफ्नो पक्षमा पारेको छ ।

घरेलु टोलीलाई दोस्रो मैत्रीपूर्ण खेलमा टाइब्रकेरमा ४–२ ले पराजित गर्दै जित निकालेको हो । 
नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले गोल भएको हो ।

यो सँगै नेपालले दुई खेलको सिरिज आफ्नो पक्षमा पारेको छ । बंगलादेशलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले साफको फाइनलमा भोगेको हारको बदला समेत लिएको छ । 

नेपाल र बंगलादेशले पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेका थिए ।
 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update