Public Pana
तुलाधर नक्कली शरणार्थीमा छुटेपनि ललिता निवासमा पक्ररणमा समातिए 

नेपाली नागरिकलाई क्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि धरौटीमा छुटेका केशव तुलाधर ललिता निवास प्रकरणमा फेरी प्रहरीले पक्राउ गरेको छ ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले फेरी ललिता निवासमा आज आइतबार पक्राउ गरेको हो । 

उनीमाथि ललिता निवासको २ रोपनी सरकारी जग्गा आफ्नो नाममा पारेको अभियोग लागेको छ ।
यसअघि नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १९ मध्ये १७ जना पुर्पक्षका लागि थुनामा छन् । ललितपुरकी लक्ष्मी महर्जनसहित २ जना धरौटीमा छुटेका थिए । 

यससँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या पनि १९ पुगेको छ । 
यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित १८ जनालाई आइतबार नै थप पाँच दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले दिएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update