Public Pana
बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर 

वाणिज्य बैंकहरुले साउनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
ब्याजदर कार्टेलिङ खारेज भएसँगै बैंकहरुले आफू अनुकुल ब्याजदर सार्वजनिक गरेका हुन् । साउन महिनाका लागि केही बै.कहरुले ब्याजदर बढाएका छन् भने केहीको ब्याजदर घटेको छ ।

एनएमबी, प्राइम, नबिल र कुमारी बैंक ब्याजदर बढाउनेमा रहेका छन् । एनएमबीले साउनका लागि मुद्दति निक्षेपमा अधिकतम १०.९८ प्रतिशत, प्राइम कमर्सियल बैंकले १०.९३ प्रतिशत, नबिलले १०.४९ प्रतिशत र कुमारी बैंकले १०.०१ प्रतिशत ब्याजदर तोकेका छन् ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ८.९५ प्रतिशत ब्याज दिने भएको छ ।
interst of bank1689508176.jpg

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update