Public Pana
आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बियो,विदेशी लगानीको सीमा दुई करोड तोकियो

सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रति विदेशी लगानीकर्ता दुई करोड रुपियाँ तोक्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरेर लगानीको न्यूनतम सीमा तोकेको जानकारी गराउनुभएको हो। 

ऐन अनुसार विदेशी लगानीको न्यूनतम सीमा प्रति विदेशी लगानीकर्ता दुई करोड रुपियाँ तोक्ने निर्णय गरेको उहाँको भनाइ छ।

उहाँले सरकारले नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्रा. डा. गोविन्द केसीबीच मिति २०७९/६/८ गते सम्पन्न सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय भएकोसमेत जानकारी गराउनुभएको छ। 

सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चार प्रकारका वस्तुको पैठारीमा लगाइएको प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषद्को सो निर्णय राजपत्रमा शुक्रबार नै प्रकाशित भएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update