राप्रपा र रास्वपाको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको विरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको हो ।
मिटरब्याजपीडितलाई न्याय दिन भन्दै ल्याइएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० लाई पेस गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै राप्रपा र रास्वपाका सांसदहरुले रोष्ट्रम गर्दै नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले आइतबार नै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० १६:४५
प्रतिक्रिया दिनुहोस्