Public Pana
च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु

जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जंगलबाट ल्याएको च्याउ खाएका कारण दुई बालक र उनीहरुकी आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षिया भीमा गुरुङ उनका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङको मृत्यु भएको जिप्रकाले जनाएको छ ।

जंगली च्याउ खाई बिरामी परेपछि २८ असारमै उनीहरुलाई उपचारका लागि सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल वुटवल लगिएको थियो । उनीहरु तीनै जनाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।death body---1689504836.jpg

death body1689504583.jpg६ वर्षका प्रेम गुरुङको असार २८ गते, ११ वर्षका सुशील गुरुङको हिजो र आमा भीमाको आज आइतबार मृत्यु भएको हो ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update