Public Pana
न्यूनतम पारिश्रमिक २५ हजार माग्दै प्रदर्शन

श्रमिकको पारिश्रमिक न्यूनतम २५ हजार पु¥याउन माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेसले प्रदर्शन गरेको छ ।
सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था आएको भन्दै प्रमुख सत्तासिन दल नेपाली कांग्रेसनिकट ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम तलब बढाउन माग गर्दै श्रमिकका नेता र अगुवाले आज आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन् ।

महासंघका महासचिव अजयकुमार राईले आकासिँदो महँगीको अवस्थामा श्रमिकहरूको जीवनयापन नै कठिन बनेको भन्दै न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुराउन माग गरिएको बताए । हाल सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ मात्रै छ । यही पारिश्रमिकसमेत कतिपय रोजगारदाताले लागू नगरेको उनको आरोप छ ।

नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भएअनुसार प्रत्येक २-२ वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमजीवीहरुको न्यूनतम पारिश्रमिक निर्धारण गरी लागू गर्नुपर्ने हुन्छ । यही व्यवस्थाबमोजिम २०८० आसार मसान्तमा त्रिपक्षको आधारमा न्यूनतम पारिश्रमिक निर्धारण गरी साउनदेखि लागू गर्नुपर्नेमा सरकार, रोजगारदाता र ट्रेड युनियनबीच पटक–पटक छलफल हुँदा पनि सहमतिमा पुग्न नसकेको महासचिव राईले दुखेको गरे । 
 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update