Public Pana
वर्षको अन्तिम दिन नेप्से बढ्याे

चालु आर्थिक वर्षको अन्तिम दिन आइतबार सेयर बजार बढेर बन्द भएको छ ।

नेप्से सूचक १२.१६ अंकले बढेर २०९७.०९ विन्दुमा आएको छ । २ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

यस दिन विशेषगरी म्युचुअल फन्ड र डिबेञ्चरहरुको भाउ धेरै बढेको छ ।

४ वटा कम्पनी तथा फन्डहरु सकारात्मक सर्किट लेबलमा वृद्धि भएका छन् । सूचक वृद्धि भए पनि यस दिन कारोबार रकम भने अलि सुस्त देखिएको छ ।

 अन्तिम दिन लगानीकर्तालाई बैंकलाई साँवा–ब्याजको कित्ता बुझाउने तथा अन्य प्रकारका करहरु तिर्ने चटारो हुन्छ । यस्तै, कम्पनी तथा संस्थागत लगानीकर्ता पनि यही काममा केन्द्रित भएका हुन्छ ।

 यस दिन २८६ कम्पनीको ७१ लाख ८४ हजार कित्ता सेयर कारोबार भएको छ । १९ करोड १३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्याेरेन्स र माउन्टेन इनर्जी परेका छन् । 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update