Public Pana
सहकारीपीडितको आज पनि विरोध प्रदर्शन

सरकारले आफूहरुको माग सम्बोधनका लागि कुनै पहल नगरेको भन्दै सहकारी पीडितहरुले आज र्याली सँगै विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघरमा डेढ महिनादेखि धर्ना दिइरहेका सहकारी पीडितहरुले आज (आइतबार) माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली सहित प्रदर्शन गरेका हुन् ।

पीडितहरुको र्याली माइतीघरबाट बानेश्वरतर्फ जाँदै गर्दा सडकमा अवरोध पुर्याएको भन्दै प्रहरीले हस्तक्षेप गर्दा बिजुलीबजार क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो ।

सहकारी पीडित बचतकर्ता महासंघले गरेको विरोध र्यालीमा सहभागी पीडितहरुले आफूहरुको बचत रकम तत्काल फिर्ता गर्न र फिर्ता गर्न नसक्ने सहकारी संचालकलाई कारबाही गर्न माग गरेका छन् । ‘सरकारले कारबाही गर्नुको साटो सहकारीलाई झन् आश्रय दिएको छ,’ सहकारी पीडित उज्ज्वल सत्यालले भने ।

पीडितहरुले सरकारले सहकारी सञ्चालकलाई कारबाहीको सट्टा आश्रय दिइरहेको पनि आरोप लगाएका छन् ।sahakari-11689502328.jpg

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update