Public Pana
राष्ट्रपति पौडेलले गरे बजेटसम्बन्धी विद्येयक प्रमाणीकरण

 राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रमाणीकरण गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गरेर सभामुख देवराज घिमिले प्रमाणित गरेर पठाएको विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति पौडेलले आइतबार प्रमाणीकरण गरेका हुन् । 

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि भोलि १ साउन अर्थात् सोमबारदेखि बजेट कार्यान्वयन हुनेछ ।
Rastrapati Baudget 21689498334.jpg

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update