Public Pana
“काँडेतार” हर्न पुगे पर्यटन र सामान्य प्रशासनमन्त्री

नेपाली चलचित्र “काँडेतार” हेर्न नागरिक उड्डयन, पर्यटन तथा संस्कृतिमन्त्री सुदन किराँती र सामान्य प्रशासनमन्त्री अमनलाल मोदी प्रर्दशन हल पुगेका छन् ।

नेपाली चलचित्र निर्माण भएको “काँडेतार” चलचित्र हिजो शुक्रबार २०८० असार ३० गते च्यारिटी शो भएको थियो ।
सो अवशरमा दुई मन्त्री सहित समाजका विभिन्न क्षेत्रका अभियन्ता, विज्ञ, विद्वान, बौद्धिक समुदाय तथा युवाहरुबाट चलचित्र हेरी उहाँहरुले सकारात्मक प्रतिक्रिया तथा हौसला दिएकोमा निर्माण पक्षको  सोच र मेहनतले मूर्तरुप पाएको महशुस गरेको छ ।

मन्त्रीहरुबाट “यो फिल्म विषयवस्तुले परिपूर्ण, नेपाल र नेपालीको स्वभिमानलाई उजागर गर्ने सरल तथा सहज दृश्य–प्रस्तुति र सिने–प्रविधिको उच्चतम प्रयोग भएका कारण हरकोही नेपालीले हेर्नैपर्ने” भनी प्रतिक्रिया दिएकाले सम्पूर्ण काँडेतार तथा सामना फिल्मस् परिवार खुसी भएको निर्माता नवल खड्काले जनाएका छन् ।

शुक्रबार चलचित्र प्रदर्शनमा सहभागी हुने हरकोही दर्शकहरुबाट पाएको श्यावासी र प्रशंशाबाट धेरै भन्दा धेरै ऊर्जा मिलेको जानकारी समेत खड्काले गराएका छन् ।

साथै यो फिल्मस् आगामी फागुन २५ बाट देशविदेशका चलचित्र घरहरुमा प्रदर्शन गरिदैं छ । त्यसबेला पनि यसरी नै चौतर्फि साथ, समर्थन र सहयोगको अपेक्षा समेत उनले जनाउदै जय दर्शक जय काँडेतारको नारा बनाएका छन् ।
kade- 11689478977.jpg

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update