Public Pana
बेलायती व्यापारीको अपहरण, भारतीय मूलका तीनलाइ ४५ बर्षकाे जेल सजायँ

इङ्गल्याण्डको वेस्ट मिडल्याण्ड क्षेत्रको वोल्भरह्याम्प्टन सिटी सेन्टरमा एक उद्योगपतिलाई अपहरण गरेको अभियोगमा भारतीय मूलका दुई दाजुभाइ र एक सहयोगीलाई ४५ वर्षको जेल सजाय सुनाइएको छ ।  

उक्त मुद्दामा बलजित बगराल (३३), उनका भाइ डेभिड बगराल (२८) र २२ वर्षीय शानुलाई दोषी ठहर गरिएको थियो । गत वर्ष नोभेम्बरमा काम सकेर कारतर्फ जाँदै गर्दा पीडितलाई तीनै जनाले अपहरण गरेका थिए ।

बलजीत बगराल र उनका भाइ डेभिड बगरालले पीडितलाई भ्यानमा राखेर आँखामा पट्टी बाँधेर पसलमा लगेका थिए । उनीहरुले उनको टाउकोमा पेस्तोल हानेर ज्यान मार्ने धम्की दिए । गत महिना वोल्भरह्याम्प्टन क्राउन कोर्टले एक परीक्षण पछि तीनै जनालाई दोषी पाइएकाे थियाे र यस हप्ता भाइहरूलाई प्रत्येक १७ वर्षको सजाय सुनाइयो भने तिनीहरूको साथीलाई १४ वर्ष र चार महिनाको सजाय सुनाइएको थियो । 

वोल्भरह्याम्प्टन क्राउन कोर्टमा प्रमुख अपराध अनुसन्धान टोलीका डिटेक्टिभ कन्स्टेबल ड्यान डेभिडले भने कि पुरुषहरूले पीडितलाई घण्टौं भयानक यातना दिए र मार्ने धम्की दिएकाे खुलेकाे थियाे ।  डेभिडले  ठूलो रकम असुल्ने उद्देश्यले अपहरणको योजना बनाएकाले अब उनी सबैलाइ जेल सजाय भोग्नुपर्नेछ ।

पीडितलाई घण्टौंसम्म बन्धक बनाएर करिब ३० लाख फिरौती लिएर रिहा गरिएको प्रहरीले जनाएको छ । त्यसपछि अपहरणकारीको चंगुलबाट छुटेपछि उद्योगीले प्रहरीलाई सहयोगको लागि बोलाएका थिए ।

वेस्ट मिडल्याण्ड्स पुलिसले अपहरणकर्ताहरू पत्ता लगाउन मोबाइल फोन डाटा प्रयोग गरेका थिए । यसपछि बलजीतको फोनमा रोबर्स ग्याङ नामको समूह च्याट पनि ट्रेस भएको थियो । डेभिड बगराललाई अक्टोबर १८ मा ल्यान्सफिल्डको गान्ज रोडमा रहेको उनको घरबाट पक्राउ गरिएको थियो भने बलजीत साइप्रसबाट फर्किने क्रममा बर्मिंघम एयरपोर्टबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update