Public Pana
नेपाल भारत रेल सेवा आजबाट महोत्तरीको भंगाहासम्म 

नेपालको जनकपुरधाम–भारतको जयनगर रेल सेवा आजबाट महोत्तरीको भंगाहासम्म सञ्चालनमा आएको छ ।

रेल सेवालाई विस्तार गरी आजबाट भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन शुरु भएको रेल्वे कम्पनीले जनाएको छ ।

रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन भएकोले जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म थप १७ किलोमिटरमा सञ्चालनको शुभारम्भ गर्न नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले त्यहाँ पुगे । भंगहा रेल्वे स्टेशनमा  ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको थियो ।

अहिले जनकपुरधामदेखि जयनगरसम्म ३४ किलो मिटरमा रेलले सेवा दिइरहेको छ । कुर्था विजलपुरा खण्डमा रेल सेवा सञ्चालन भएपछि ब्रोडगेज रेलको लम्बाई ५२ किलोमिटर पुग्यो ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update