Public Pana
कोशी प्रदेश सरकार भंग गर्न एमालेको माग

नेकपा एमालेले कोशी प्रदेशमा असंवैधानिक तरिकाले सरकार गठन भएको भन्दै तत्काल सरकार भंग गरेर अर्को सरकार गठनको प्रक्रिया थालनी गर्न माग गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टीको मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले कोशीमा नयाँ सरकार गठनको माग गरेको हो ।
सभामुखको समेत हस्ताक्षर लिएर गठबन्धनका तर्फबाट उद्धव थापालाई मुख्यमन्त्री चयन गरिनु असंवैधानिक कदम भएको एमालेको ठहर छ । थापा नेतृत्वको सरकार भंग गरेर नयाँ सरकार बनाइनुपर्ने एमालेको माग छ । 

आज शनिबारको बैठकले ६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार देशभरि महामारीका रुपमा पशुचौपायामा फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि तत्काल कदम चाल्न, खोपको प्रभावकारी प्रबन्ध गर्न र किसानलाई राहत सरकारको ध्यानाकर्षण गराएको छ ।

मिटरब्याजसम्बन्धी विधेयक पारित गर्न विपक्षी दलले असहयोग गरेको भनेर भ्रमपूर्ण समाचारका फैलाएको दाबी गर्दै एमालेले विधेयक तत्काल अघि बढाउन माग गरेको छ । सत्ता गठबन्धनका घटकका विवादले सो विधेयक निष्क्रिय भएको एमालेले ठहर छ ।

एमालेले प्राज्ञिक क्षेत्रमा राजनीतिक हस्तक्षेप भएको भन्दै त्यसको निन्दा गरेको छ  । प्राकृतिक विपत्तिसँग जुध्ने सरकारको तयारी फितलो रहेको एमालेको आरोप छ । बाढी पहिरोमा घरबार गुमाएकाहरुलाई तत्काल पुनःस्थापना गर्न र सडक पूर्वाधार पुनः निर्माण गर्न उसले सरकारसँग माग गरेको छ ।

उपमहासचिव ज्ञवालीका अनुसार आजको बैठकले केही संगठनात्मक निर्णय गरेको छ । जसअनुसार एमाले स्थायी कमिटी सदस्य गुरु बराललाई एमाले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको छ भने केही पदाधिकारीको जिम्मेवारीमा सामान्य हेरफेर गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update