Public Pana
एमाले सचिवालय बैठकमा  अध्यक्ष ओली कम्बोडिया जानेबारे छलफल

प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ४ दिने राजनीतिक भ्रमणका लागि कम्बोडिया जाने भएका छन् । अध्यक्ष ओली साउन २ देखि ६ गतेसम्म लागि विदेश भ्रमणमा निस्कने भएका हुन् ।
अध्यक्ष ओलीले पार्टी मुख्यालय च्यासलमा शनिबार बसेको एमाले सचिवालय बैठकमा भ्रमणका बारेमा जानकारी गराएका हुन् । अर्थात् सचिवालय बैठकमा अध्यक्ष कम्बोडिया जानेबारे छलफल भएको हो । 
भ्रमणका क्रममा अध्यक्षको निर्वाचनको पर्यवेक्षण गर्ने र अरु विभिन्न राजनीतिक भेटघाटमा संलग्न हुने तालिका छ ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update