Public Pana
संसदीय दलको नेता परिवर्तन हुन सक्ने नेता थापाको दाबी

कांग्रेस महामन्त्री गगन थापाले सांसदको आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने बताएका छन् । विराटनगरमा शनिबार पत्रकारहरूसँगको महामन्त्री थापाले आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने बताएका हुन् । 

’संसदीय दलको नेताका लागि मैले भिडेकै हो । पार्टीमा विधानअनुसार दलको नेता परिवर्तन भएको इतिहास छ । मलाई आवश्यक संख्या पुगेको महसुस भएको दिन नेता परिवर्तन गरेर अघि बढ्छु,’ महामन्त्री थापाले भने ।gagan-1689407667.jpg

महामन्त्री थापाले वर्तमान सत्ता गठबन्धन परिवर्तन नहुने स्पष्ट पारेका छन्  । 

तनहुँमा उपनिर्वाचन हारेको र मनाङका सांसद टेकबहादुर गुरुङ निलम्बनमा रहेकाले कांग्रेसमा ८७ सांसद छन् । संसदीय दलमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । बहुमतले दलको नेता हटाउन सकिने व्यवस्था छ । नेता शेखर कोइरालाका पक्षमा कम्तीमा ३१ सांसद छन् । संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दा थापालाई संस्थापन इतरपक्षको पूरै मत परेको थिएन ।

साउन २ गतेबाट पार्टीको केन्द्रीय कार्यसमितिको सुरू हुने बैठक विधानअनुसार नियमित हुने थापाले दाबी गरे । ’बैठकले पार्टीको नीति महाअधिवेशनको मिति तय गर्छ र त्यसपछि व्यापक छलफल गरेर पार्टी अघि बढ्छ,ञ उनले भने, झनीति महाधिवेशनले पार्टीले गरेको निर्णयहरूको समीक्षा र भावी कार्यदिशा तय गर्छ ।

पार्टीले चुनाव अगाडि गरेको गठबन्धनले देशको राजनीति गिजोलिएको र पार्टीहरू स्वतन्त्र रूपमा सोच्न पनि नसक्ने अवस्थामा पुगेको थापाको भनाइ थियो । सीमित व्यक्तिको सल्लाह चलेकाले कोशी प्रदेश सरकारमा अप्ठेरो परिस्थिति आएको पनि उनले बताए ।
 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update