Public Pana
अमेरिकी राष्ट्रपतिले जब बाग्नर प्रमुखलाई बिष खुवाईएको भने....

हालै रुसमा राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध विद्रोह गर्ने निजी सेना वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले उक्त समूहको न त कुनै कानुनी मान्यता छ न त यसको अस्तित्व नै रहेको बताएका थिए ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रिगोजिनलाई विषाक्तताको सम्भावनाको बारेमा ठट्टा गरेका छन्।

समाचार एजेसी रोयटर्सका अनुसार बाइडेनले हेलसिन्कीमा पत्रकार सम्मेलनको क्रममा भने, ‘यदि म उहाँको ठाउँमा भएको भए, म के खान्छु, म सावधानीपूर्वक हुने थिएँ।’ छोटो बिद्राेहकाे आह्वान गरेपछि उनले २४ जुनमा रसिया छाडेका थिए, त्यसपछि बाग्नर प्रमुख सार्वजनिक रूपमा देखिएका छैनन ।

राष्ट्रपति बिडेनले भने कि अमेरिका प्रिगोजिन कहाँ थियो ? भन्ने बारे अनिश्चित छ तर भाडाका सैनिक प्रमुखलाई विषाक्त दिइएको हुन सक्ने भन्दै भनेर ठट्टा गरे। उनले भने, ‘तर सबै मजाक हो, मलाई लाग्दैन कि हामी मध्ये कसैलाई पनि रूसमा प्रिगोजिनको भविष्य के हो भनेर निश्चित रूपमा थाहा छ, कसैलाई पनि थाहा छैन ।’

रुसले बाग्नर समुहलाई सन २०१४ मा  सिरियामा इस्लामिक स्टेट लडाकूहरूसँग लड्न मध्य अफ्रिकी गणतन्त्र र मालीमा कारबाहीहरू सञ्चालन गर्न मद्दत गरेको थियो भने । यस वर्षको सुरुमा युक्रेनी सहर बाख्मुटलाई रूसमा ल्याउनका लागि पनि काम गरेका थिए ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update