Public Pana
एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले)ले सचिवालय बैठक आज बस्दै छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन र पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update