Public Pana
फ्याक्ट्री स्थापना गर्न टेस्ला छिर्यो भारत 

इलेक्ट्रिक सवारी उत्पादक टेस्ला कम्पनीका अधिकारीहरू भारत सरकारसँग वार्ता सुरू गरेका छन् । लामो समयदेखि भारतमा प्रवेश गर्न खोजिरहे पनि विभिन्न समस्याका कारण कम्पनी भारतमा छिर्न सकेको थिएन । अहिले टेस्ला भारतमा प्रवेश गर्नका फ्याक्ट्री स्थापना गर्न तयार भएकाले वार्ता सुरू भएको टाइम्स अफ इन्डियाले जनाएको छ । 

टेस्ला भारतमा प्रतिवर्ष ५ लाख उत्पादन क्षमताको फ्याक्ट्री बनाउने योजनामा छ । इलेक्ट्रिक सवारी साधन उत्पादकमा सबैभन्दा ठूलो कम्पनी टेस्लाले प्रिमियम र महँगो मूल्य पर्ने सवारी साधन उत्पादन गर्दै विश्वभर चर्चित छ ।
कम्पनीले भारतीय ग्राहकका लागि सस्तो सवारी साधन ल्याउने जनाएको छ । 

हाल कम्पनीले चीनको सांघाई स्थिति गिगा फ्याक्ट्री सञ्चालन गरिरहेको छ । यस्तोमा भारतमा नयाँ फ्याक्ट्री सञ्चालनमा ल्याएर कम्पनी इन्डो प्यासिफिक क्षेत्रका लागि निर्यातको बेसको रुपमा उपयोग गर्ने कम्पनीले जनाएको छ । टेस्लाले भारत सरकारको कमर्श तथा इन्डस्ट्री मन्त्रालयसँग वार्ता गरिरहेको र छिट्टै सम्झौता हुन सक्ने टाइम्स अफ इन्डियाले जनाएको छ । यस अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको दौरान टेस्लाका सीईओ इलन मस्कसँग भेट गरेका थिए ।

मोदीले टेस्लालाई भारतमा आउन आग्रह गरेका थिए ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update