Public Pana
सरकारद्धारा राजदूत सिफारिस 

सरकारले राजदूत सिफारिस गरेको छ । कुटनीति व्यक्ति विहीन सात देशमध्ये ६ देशका लागि सरकारले राजदूत सिफारिस गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रका ६ जनालाई राजदूतमा सिफारिस गरेको जानकारी दिइन् । 

सिफारिस भएका मध्ये संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कका लागि सहसचिव लोकबहादुर थापा, राष्ट्रसंघीय नियोग जेनेभाका लागि सहसचिव रामप्रसाद सुवेदी, फ्रान्सका लागि सहसचिव सुधीर भट्टराई छन् ।

यसैगरी थाइल्यान्डका लागि सहसचिव धनबहादुर ओली, यूएईका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि घनश्याम लम्साललाई राजदूतमा सिफारिस गरिएको छ । तर क्यानाडाका लागि राजदूत सिफारिस हुन बाँकी छ ।

यसका लागि बन्दना राणाको नाम अगाडी आएको छ ।

उनि अहिले संयुक्त राष्ट्र संघ महिला कार्यक्रमका लागि विदेशमै छिन् ।
 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update