Public Pana
नेपालमा टेलिकम्यूनिकेसनको आयात घट्यो 

नेपालमा टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्सको आयात घटेको छ । चालु आर्थिक वर्ष २०७९÷८० को ११ महिनामा ३३ अर्ब ६२ करोड २३ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात भएको राष्ट्र बैंकले जनाएको छ । 
बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आर्थिक वर्ष २०७८÷७९ को सोही अवधिमा ५० अर्ब ७३ करोड ६७ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात भएको थिए ।

गत आवको तुलनामा चालु आवमा १७ अर्ब ११ करोड ४४ लाख रुपैयाँ अर्थात ३३.७ प्रतिशतले टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्सको आयात घटेको हो ।

नेपालमा सबैभन्दा धेरै टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स चीनबाट आयात हुने गरेको राष्ट्र बैंकले जनाएको छ । 
बैंकका अनुसार भारतबाट ७ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ भने चीनबाट २३ अर्ब २५ लाख ६ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स किनिएको हो । 
अन्य देशहरुबाट २ अर्ब ६५ करोड १८ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स खरिद भएका छन् । 
 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update