Public Pana

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले आज गृह मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय राजदूत श्रीवास्तवले भेटमा आगामी मङ्सिर ४ गते निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्री खाणलाई शुभकामना दिनुभएको थियो । 

    गृहमन्त्री खाणले सरकार निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न लागिरहेको बताउनुभयो ।

गृहमन्त्री खाणले नेपाल र भारतबीच सदियौँदेखि नागरिकस्तरमा सम्बन्ध रहेकाले त्यो सम्बन्ध अझ दिगो हुने विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्री खाणसँग यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार बिदाइ भेट गर्नुभएको थियो ।---

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update