Public Pana
अमेरिकी विदेशमन्त्री लुले प्रधानमन्त्रीपत्नी सीतालाई दिए श्रद्धाञ्जली

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रत्नी सीतालाई श्रद्धाञ्जली दिएका छन् ।

आज शुक्रबार काठमाडौं आइपुगेका लु श्रद्धाञ्जली दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
लुले प्रधानमन्त्री पत्नी स्व. सीता दाहालको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनले सो क्रममा श्रद्धाञ्जली दिदै प्रधानमन्त्री दाहालाई समेत भेटे ।

उनी एमसीसी कार्यान्वयनसहितका मुद्दा लिएर एक दिने नेपाल भ्रमणमा शुक्रबार बिहानै काठमाडौं आएका छन् । 
उनले यसअघि आजै शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउद र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका  थिए  ।

उनको मुख्य चासोको विषय अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update