Public Pana
साउन १ देखि नेपालमा भारतिय च्यानल रोक्का 

सरकारले विदेशी सशुल्क च्यानलको वितरण तथा प्रशारणमा साउन १ गतेबाट लागू हुने गरी रोक लगाएको छ ।

सरकारले पटक–पटक ताकेता गर्दा पनि भारतीय सशुल्क टीभी च्यानलहरुले नेपालमा “आला कार्ट” प्रणालीमा जान अटेर गरेकाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले आज शुक्रबार एक विज्ञप्ति जारी गरी रोक लगाएको हो ।

विभागबाट सिग्नल वितरक, अपरेटर र विदेशी च्यानलहरुलाई आला कार्ट प्रणालीबमोजिम बुकेको प्याकेज दररेट गर्न पटक–पटक पत्राचार भएको थियो ।suchana-bibhag--1689341510.jpg

हिजो असार २८ गते दररेट पठाउने अन्तिम दिन रहेकोमा सो प्राप्त नभएकाले उक्त प्याकेज दररेट यकिन नभएसम्मका लागि विदेशी सशुल्क च्यानलहरु साउन १ गतेबाट बन्द गर्न मन्त्रालयले पत्राचार गरेको हो ।

मन्त्रालयबाट प्यासिफिक ट्रेडर्स प्रालि धुम्बाराही, डीएमबी होल्डिङ्स प्रालि जावलाखेल र डिजिटल सिस्टम अफ नेपाल प्रालि मीनभवनलाई पत्राचार गरिएको छ । दुई दर्जन केवल व्यवसायीलाई पत्रको बोधार्थ दिइएको छ ।

विज्ञप्तिमा मन्त्रालयबाट आला कार्ट शुल्क प्रणाली लागू गर्ने निर्णय भइ पूर्ण रुपमा तयारी रहेको अवस्थामा यसका लागि बुके प्राप्त नभएकाले साउन १ गतेबाट सबै सशुल्क विदेशी च्यानलहरुको प्रसारण बन्द गर्नुपर्ने जनाएको छ ।letter for forigen t.v.1689341618.jpg

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update