Public Pana
आदेशानुसार भाटभटेनी मालिकसँगै राउतको सुनुवाइ हुने

आदेशअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतको पनि भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङसहित तीनजाको रिटमाथि सँगै सुनुवाइ हुने भएको छ ।

न्यायाधीशहरु सुष्मालता माथेमा र कुमार चुँडालको इजलासले मीनबहादुरहरुसहितको बन्दी प्रत्यक्षीकरण रिट पनि सँगै सुनुवाइ गर्न आदेश दिएको हो । 

सचिव राउत र मीनबहादुर, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालय डिल्लीबजारका पूर्वकर्मचारी धर्मनाथ गौतमको रिटमाथि सुनुवाइका लागि आइतबार पेशी तोकिएको छ ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई आज शुक्रबार सर्वोच्च अदालतमा उपस्थित गराइएका हो ।

हिजो बिहीबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले दिएको आदेशअनुसार प्रहरीले २४ घण्टाभित्रै राउतलाई उपस्थित गराएको हो ।

सचिव राउत पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको इजलासले राउतलाई उपस्थित गराउन आदेश दिएका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update