Public Pana
वरिष्ठ साहित्यकार जोशी ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कारबाट सम्मानित

सुदूरपश्चिमका वरिष्ठ साहित्यकार तथा संस्कृत विद पद्मराज जोशी 'प्रभात' दीनबन्धु गोयल प्रतिभा पुरस्कार बाट सम्मानित भएका छन् ।

लामो समयदेखि धनगढीमा रहेर साहित्य साधनामा लागेका जोशीलाई ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कारबाट आज सम्मान गरिएको  हो । 

कोसी प्रदेश प्रमुख परशुराम खापुङले भानु जयन्तीका अवसरमा विराटनगरमा आयोजित एक भव्य समारोहबीच नगद, दोसल्ला र सम्मान पत्रद्वारा जोशीलाई सम्मान गरेका हुन्। प्रतिष्ठानका अध्यक्ष समालोचक एवं साहित्यकार दधिराज सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update