Public Pana
अन्तत: पराजित भयो पाकिस्तान ‘ए’सँग नेपाल 

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज शुक्रबार पाकिस्तान ‘ए’सँग ४ विकेटको पराजित भएको छ । 

नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तान ‘ए’ले ३२.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
नेपालका ललितनारायण राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले एक विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन जोडेको थियो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन बनाएर किर्तिमान राखेका थिए । प्रतिश जिसीले पनि २६ रन जोडे । यी दुईले नवौं विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । १० औं विकेटका लागि पनि सोमपालले ललितनारायण राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए ।

त्यसअघि नेपालले ३९ रनमै ६ विकेट गुमाएर नेपालको नाजुक शंकेत दिएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update