Public Pana
पशु चौपायाको रोग नियन्त्रणबारे सदनलाई जानकारी दिन सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पी स्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।

सांसदहरुले त्यसबारे सरकारको ध्यानाकर्षण गराउँदै सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सरकारले त्यसबारे गरेको काम कारबाहीको बारेमा सदनलाई जानकारी दिन रुलिङ गरेका हुन् ।

लम्पी स्किनले देशभरि किसानलाई ठूलो क्षति पुगेको भन्दै सांसदहरुले गाउँ–गाउँमा प्राविधिक पठाउन र खोपको प्रबन्ध गर्न माग गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update