Public Pana
झापाको भद्रपुर उडेको बुद्ध एयर विमान बीचबाटै काठमाडौं फर्काइयो  

काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीच बाटोबाटै फर्काइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन–एजेओ जहाज समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो ।
जहाज मध्याह्न १२ बजे भद्रपुरका लागि उडेको थियो । विमानमा के समस्या देखिएको भन्ने जानकारी आउन बाँकी छ ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update