Public Pana
नेपालको अर्थतन्त्र राम्रो भएको अर्थमन्त्री महतको भनाइ

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र राम्रो भइरहेको बताएका छन् । 

आज शुक्रबार राष्ट्रिय सभा बैठकमा उनले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडी बढेको दाबी गरेका  हुन् । 

यसपाली करको दायरा फराकिलो पारेकोले राजश्व बढ्नेमा अर्थमन्त्री महतले ठोकुवा गरे । अब नेपालको मूल्यवृद्धि पनि घट्ने भएकाले आर्थिक विकास हुने उनले उल्लेख गरे ।
अर्थमन्त्री महतले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गरे । 
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update