Public Pana
पाकिस्तान ‘ए’ लाई नेपालको १८० रनको लक्ष्य

पाकिस्तान ’ए’विरुद्धको खेलमा नेपालले १८० रनको लक्ष्य भेटाउने चुनौति दिएको छ । 

नेपालले सोमपाल कामीको एकल प्रर्दशनको भरम १७९ रन बनाएको छ । 
सोमपालले अर्धशतकीय पारीसहित ७५ रनको योगदान गर्दा नेपालले ३७ ओभर खेल्दै सबै विकेटको क्षतिमा राम्रो खेलेको हो । 

एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले ब्याटिङ गर्दै कमजोर प्रदर्शन गरेको अवस्थामा सोमपालले राम्रो प्रर्दशन गरे । 

सोमपाललाई अन्तिम अवस्थामा ललित राजवंशीले साथ दिए । ललितले १० बल खेलेर १ रन बनाए । 
पाकिस्तान ’ए’विरुद्ध पहिले ब्याटिङ थालेको नेपालका लागि यसअघि प्रतिश जिसीले २४ बलमा २६ रन बनाउँदै आउट भए । 

पाकिस्तानको सामना गरेपछि नेपालले क्रिकेटको पावरहाउस भारतसँग भिड्ने तालिका छ। भारतको टिम एसँग नेपाली टोलीले साउन १ गते खेल्नेछ । 

दुई बलिया टोलीसँगको खेलपछि नेपाल र यूएई साउन ३ गते आमनेसामने हुने छन्। यदि चार टोली रहेको समूहबाट शीर्ष दुईमा पर्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । 
अर्को समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन्। यो समूहबाट पनि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update