Public Pana
प्रधानमन्त्रीपत्नी सीताप्रति राष्ट्रपतिको समवेदना 

राष्ट्रपति रामचन्द्र पौडेलले पत्नीशोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना सन्देश पठाएका छन् ।

यसअघि सीता दाहालको निधन भएकै दिन अस्ति बुधबार टेलिफोन मार्फत समवेदना व्यक्त गरेका राष्ट्रपति पौडेलले आज शुक्रबार बिहान आफ्नो परिवारका सदस्यसहित राष्ट्रपति कार्यालयका पदाधिकारी प्रधानमन्त्रीको निवास बालुवाटार मै पठाएर लिखित समवेदना दिएका हुन् ।

राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरे ।
जसमा सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै पीडित परिवारका सदस्यप्रति समवेदना प्रकट गरिएको छ । 
साथै सन्देशमा राष्ट्रपति पौडेलले सशस्त्र सङ्घर्षलगायत संघीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनमा सीता दाहालको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलको समवेदनापत्रमा अत्यन्तै मार्मिक भएको बताउँदै आभार व्यक्त गरे ।
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update