Public Pana
दासढुंगामा बस दुर्घटना, १९ जना घाइते

झापाको कांकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको रात्रिबस भरतपुरको दासढुंगामा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस आज बिहान सवा ५ बजे भरतपुर–२९ दासढुंगा मदन भण्डारी पार्कनजिकै दुर्घटना भएको हो । बस अनियन्त्रित हुँदा खसेर सडकबाट करिब १० मिटर तल रुखमा अड्किएको प्रहरीले जनाएको छ ।

बस रुखमा अड्किएकाले त्रिशूली नदीमा खस्न भने जोगिएको छ ।

बसमा करिब ४० यात्रु सवार रहेको र घटनास्थलमा प्रहरी परिचालन भएका छन् ।
१९ जना घाइते रहेको सबैको उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update