Public Pana
नेपाल बंगलादेशसँग १–१ गोलको बराबरीमा 

बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलीसँग बराबरी खेलेको छ । 

ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग १–१ गोलको बराबरी गरेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भयो । 

खेलको इन्ज्युरी समयमा सावित्राको गोलमा नेपाल हारबाट जोगिएको हो । रश्मी कुमारी घिसिङको फितलो प्रहार डिफेन्डरले क्क्लीयर गर्न खोज्दा सावित्राले पोस्टको गति दिँदै नेपाललाई बराबरीमा ल्याएकी थिइन् ।

त्यसअघि खेलको ६५ औं मिनेटमा बंगालदेशकी कप्तान सविना खातुनले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । सविनाले तोहुरा खातुनको पासमा नेपालका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरिन् ।
खेलको २४ मिनेटमा सावित्रा भण्डारीको हेडर बंगलादेशकी गोलरक्षक रुप्ना चक्माले बचाउँदा नेपालले अग्रता बनाउने मौका गुमायो ।

खेलको ५४ मिनेटमा सावित्राको फ्रीकिक क्रसबारको थोरै माथिबाट बाहिरियो ।
७२औं मिनेटमा सावित्राको क्रसमा रश्मी कुमारी घिसिङको प्रहार बंगलादेशकी गोलरक्षकले सहजै बचाउँदा नेपालले बराबरीको मौका गुमायो ।

नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्ने कार्यक्रम छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update