Public Pana
प्रचण्डले छाडेको चितवन– ३ मा एमालेको समर्थन कंग्रेसका बागीलाई

चितवन–३ को चुनावी राजनीतिले नयाँ मोड लिएको छ। त्यहाँ नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी उम्मेदवारलाई सघाउने भएकाे छ।

एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ।

कोइराला कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् ।

सत्ता गठबन्धनका तर्फबाट त्यहाँ माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन्। 

चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एमालेका अध्यक्ष केपी ओलीको हस्ताक्षरसहितको पत्रमार्फत न्यौपानेको उम्मेदवारी फिर्ता लिएको जनाइएको छ। एमाले चितवन जिल्ला अध्यक्षसमेत रहेका न्यौपाने भने टिकट फिर्ता नलिने पक्षमा रहेको जनाइएको छ।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update