Public Pana
योजना बनाउनेदेखि कार्यान्वयन तहसम्म निजी क्षेत्रको संस्थागत प्रतिनिधित्व हुनुपर्छः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र बलियो बन्नुपर्ने बताएका छन् ।
नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीसँगको छलफलमा बिहीबार सभापति लामिछानेले अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र बलियो बन्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रलाई देशको नीतिले संरक्षण गर्नुपर्नेमा जोड दिए ।

“योजना बनाउनेदेखि कार्यान्वयन तहसम्म निजी क्षेत्रको संस्थागत प्रतिनिधित्व हुनुपर्छ,” उनले भने ।
भेटमा परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालले सबै राजनीतिक दलह?ले अर्थतन्त्रलाई मुख्य प्राथमकितामा राख्नुपर्ने बताए ।

अर्थतन्त्र अप्ठ्यारो स्थितीमा रहेकाले बजारलाई चलायमान गराउने नीतिको आवश्यकता औल्याउँदै उनले सबै दलह?ले आर्थिक विषयलाई प्राथमिकतामा राख्दै प्रभावकारी बजेट कार्यान्वयन गराउनुपर्नेमा जोड दिए ।
बजेटको प्रभावकारी कार्यान्वयनका रचनात्मक सहयोग गर्ने उद्देश्यले निजी क्षेत्रको तर्फबाट परिसंघले सु? गरेको बजेट वाचका विषयमा सभापति लामिछानेलाई अध्यक्ष अग्रवालले जानकारी गराएका छन् । सरकार, राजनीतिक दलह?ले गर्नुपर्ने काम परिसंघले सु? गरेको भन्दै बजेट कार्यान्वयन मार्गचित्र ‘बजेट वाच’ का लागि सभापति लामिछानेले धन्यवाद दिएका थिए ।

अध्यक्ष अग्रवालले भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने, सार्वजनिक निजी साँझेदारी (पीपीपी) मोडलमा पूर्वाधार विकास गरिनुपर्ने, सूचना प्रविधि, सीप विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

भूतप्रभावि हुने गरी कर लगाउँदा स्वदेशी एवं विदेशी लगानीकर्ताबीच नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीह?लाई उधारो उठाउन सहजिकरण गर्न उधारो उठाउने ऐन साथै अग्रिम जमानत कानूनको आवश्यकताका विषयमा जानकारी गराए ।

भेटमा उपाध्यक्ष विरेन्द्रराज पाण्डे, अमित मोर, परिसंघ गभर्निङ काउन्सिल सदस्य शशिकान्त अग्रवाल, पदाधिकारीमा स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा, परिसंघ युवा उद्यमी मञ्चकी अध्यक्ष प्राची अग्रवाल, परिसंघका महानिर्देशक दिपकराज जोशीलगायत सहभागी थिए ।
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update