Public Pana
दोहोरो अंकले घट्यो शेयर

नेपाल स्टक एक्सचञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन आज बिहीबार दोहोरो अंकले घटेको छ ।

१२.६२ अंकले घटेको बजार २०८०.९२ विन्दुमा पुगेको छ । यो शून्य दशमलव ६० प्रतिशतको कमी हो । 
सबैभन्दा धेरै फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । फाइनान्स सब–इण्डेक्स २ प्रतिशतले घटेको छ ।

यसबाहेक जलविद्युत, विकास बैंक, व्यापारसहितका सब–इण्डेक्स समेत धेरैले घटेको छ । घटेको बजारमा समेत होटेल तथा पर्यटन, बैंक तथा म्यूचअल फण्डको सब–इण्डेक्स भने बढेको छ । बिहीबार २९६ धितोपत्रको ५७ हजार ६४५ कारोबारबाट ९३ लाख ८२ हजार ४४० कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँ पुगेको छ ।

एनएमए डिभेञ्चर, एसबीएल डिभेञ्चर, एनआईबीएल समृद्धि फण्डको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । पिपुल्स हाइड्रो, हिमालयन पावर, बुद्धभूमी हाइड्रो, मनकामना स्मार्ट लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।
शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल टेलिकमसहितका धितोपत्रको आज धेरै कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update