Public Pana
ठगी गर्ने सहकारीलाई कारबाही गर्ने मन्त्री श्रेष्ठको दाबी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले ठगी गर्ने सहकारीहरुलाई सरकारले कानुनअनुसार कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएकी छन् ।

आज बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले भनिन्, ‘सहकारी ठगी गर्नेलाई प्रचलित कानुन बमोजिम जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघि बढाएका छौँ ।

मन्त्री श्रेष्ठले सरकारले ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा परिचय पत्र वितरण कार्य सम्पन्न भएको जनाए । उनले १५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाहरुको तथ्यांक विश्लेषण गर्ने कार्य भइरहेको जानकारी दिइन् ।

“आर्थिक वर्ष २०८०÷८१ भित्र सबै जिल्लामा गरी गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण गर्ने गरी कार्यक्रम अघि बढाउने व्यहोरा जानकारी गराउन चाहन्छु” उनले भनिन् ।
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update