Public Pana
जहाज किन्नु राष्ट्रिय आवश्यकता भएको मन्त्री किराँतीको प्रष्टिकरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन् । 

आज बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नमा मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताएका हुन् । उनले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको जवाफ दिए ।

दुर्गम क्षेत्रमा विमानस्थलहरू बने पनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको उनको भनाइ थियो । दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकाले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको मन्त्री किराँतीले उल्लेख गरे ।

नेपाल वायु सेवा निगमले तीनवटा साना जहाज खरिद प्रक्रिया अगाडि बढाइसकेको उनले जानकारी उनले दिए ।
आफूले प्रचलित कानून अनुसार नै पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको मन्त्री किराँतीले प्रष्ट पारे ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update