Public Pana
प्रधानमन्त्री दाहालको औपचारिक कार्यक्रम तीन दिन स्थगित

पत्नी शोकमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ ।

बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।

उनका अनुसार, समवेदना साट्न बालुवाटार प्रधामन्त्री निवासमा जानेहरुलाई प्रचण्डले बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट गर्नेछन् । यो सर्वसाधारणहरुका लागि पनि खुला छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update