Public Pana
एमालेको पछि नलाग्ने रास्वपा सभापतिको दाबी

प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू एमालेको पछि नलाग्ने दाबी गरेका छन् ।

उनले आज विहिबार पत्रकारहरूसँगको भेटमा सरकारको स्थायित्वको पक्षमा रहेको उल्लेख गरे । सभापति रविले आफ्नो पार्टी छुट्टै प्रतिपक्ष भएकाले प्रमुख प्रतिपक्ष एमालेको पछि नलागेको जानकारी दिए । 

रास्वपालाई प्रमुख प्रतिपक्षी एमालेको पछि लागेको भाष्य निर्माण गर्न खोजिएको भन्दै सभापति उनले असन्तुष्टि जनाए ।
गत वैशाख १० को उपनिर्वाचन यता सरकारमा सहभागी हुन प्रस्ताव आइरहेको उल्लेख गर्दै सभापति रवीले तत्काल सरकारमा सहभागी हुने योजना नरहेको र त्यसबारे पार्टीमा छलफल पनि नगरेको बताए । 

मिटरब्याज सम्बन्धी विधेयकका बारेमा रास्वपाको मत स्पष्ट रहेको बताउँदै उनले सत्ता पक्षमा रहेका दलहरू नै बरु त्यसमा सहयोग नगर्ने पक्षमा रहेको धारणा राखे ।
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update