Public Pana
प्रधानमन्त्रीपत्नीको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त  

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीले दुःख व्यक्त गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको शोक सन्देशमा दाहालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पार्टीले जारी गरेको पत्रमा “सीता दाहाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को एक महत्वपूर्ण नेताका रूपमा काम गरेको र हाम्रो विभागको निमन्त्रणामा भएको चीन भ्रमणमा उहाँको पनि सहभागिता थियो, शोक सन्देशमा भनिएको छ, ‘उहाँको निधनप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ ।”

पार्टीले यस कठिन घडीमा नेपालको राष्ट्रिय विकासको नेतृत्व गर्न प्रधानमन्त्री दाहालको दृढशक्तिको कामनासमेत गरेको छ ।

सीताको हिजो बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको हिजो नै पशुपती आर्यघाटमा अन्त्यस्टी गरिएको हो ।
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update