Public Pana
‘केएमसी पुलिस’ हातमा गैँती, बेल्चा !

आकाशे रंगको टीशर्टमा लेखिएको छ– केएमसी पुलिस । अर्थात काठमाडौं मेट्रोसिटी प्रहरी ( केएमसी) । 

नीलो ट्रयाक सुटका साथमा खैरो जुत्ता लगाएका किशोर–किशोरीहरु हातमा गैँती, बेल्चा बोकेर गाडीबाट ओर्लन्छन् र सडक पेटीमा खाडल खन्छन् अनि बिरुवा रोप्छन् ।

काठमाडौं महानगरपालिकाले नगर प्रहरीको दरबन्दी थपेर ३ सय १७ बाट ५ सय बनाउने निर्णय गरेसँगै कलिलो उमेरका किशोर किशोरीहरुले नगर प्रहरीका रुपमा नयाँ काम पाएका हुन् ।

ब्लक बिच्छ्याएका सडक पेटीमा अहिले महानगरपालिकाले बिरुवा रोप्ने अभियान तीब्र बनाएको छ । यो कार्यमा केएमस प्रहरी लेखेको टीशर्ट लगाएका किशोर किशोरीहरुलाई खटाइएको हो ।

गत वर्ष काठमाडौं महानगरपालिकाले नगर प्रहरी बलका लागि २ करोड ६० रुपैयाँ बजेट छुट्याएको थियो । आगामी आर्थिक वर्षका लागि भने १५ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update