Public Pana
राजदूत नियुक्ति प्रक्रिया चाँडै छिट्टै टुंगिन्छ : परराष्ट्रमन्त्री साउद

 परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले राजदूत नियुक्ति प्रक्रिया चाँडै छिट्टै टुंगिने बताएका छन् ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले राजदूत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेकाले चाँडै टुंगिने बताएका हुन् ।

राजदूत नियुक्ति ५० प्रतिशत परराष्ट्रभित्रबाट र ५० प्रतिशत परराष्ट्रबाहिरबाट गरिने जानकारी दिएका मन्त्री साउदका अनुसार हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेत गरी ७ स्थानमा राजदूत रिक्त रहेका छन् । 

विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरुले उच्च प्राथमिकता राखेको बताउँदै उनले नियोगहरुलाई साधन, स्रोत सम्पन्न बनाउँदै लैजाने पनि बताए ।
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update