Public Pana
नेपाली महिला फुटबल टोली र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल आज

नेपाली राष्ट्रिय महिला फुटबल टोली र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । यो खेल ढाकाको कमलपुरस्थित मुस्तफा कमल स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ । 

नेपाल र बंगलादेशबीच पछिल्लो पटक सन् २०२२ मा नेपालमै भएको साफ च्याम्पियनसिपको फाइनलमा भेट भएको थियो । जसमा घरेलु टोली नेपाललाई ३ – १ गोलले हराउँदै बंगलादेशले साफ इतिहासमा पहिलो पटक उपाधि उचाल्न सफल भएको थियो ।

नेपालले उक्त फाइनलपछि चार खेल मात्रै खेलेको छ । जसमा दुईमा बराबरी र दुई खेलमा पराजित बनेको छ । आजको खेल निकै प्रतिस्पर्धात्मक हुने प्रशिक्षक अनन्तराज थापाले जनाए । स्टार खेलाडी सावित्रा भन्डारीको उत्कृष्ट फर्मका कारण आत्मविश्वास बढेको थापाको भनाइ छ ।

बंगलादेशलाई साफमा ऐतिहासिक उपाधि दिलाएका प्रशिक्षक गोलन रोबान्नी छोटन भने अहिले टिममा छैनन् । उनको स्थान मेहबुर रहेमान लिटुले टिमको नेतृत्व सम्हाल्नेछन् । नेपाललाई कमजोर आँक्न नसक्ने प्रशिक्षक लिटुले बताए ।
पछिल्लो ८ महिनामा बंगलादेशले कुनै खेलेको छैन । नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्नेछ । नेपालले एसियाली खेलकुदको तयारी स्वरुप बंगलादेशको भ्रमण गरेको हो ।
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update