Public Pana
आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार आजकाे अमेरिकीडलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ भने  युराेपियन युरो एकको खरिददर १४४ रूपैयाँ ६९ पैसा  र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा  रहेको छ।  

हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ४९ पैसा र बिक्री दर १३२ रूपैयाँ ०९ पैसामा तथा  युरो एकको खरिद दर १४४ रूपैयाँ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसामा काराेबार भएकाे थियाे ।    

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ७७ पैसा र बिक्री दर १७० रूपैयाँ ५४ पैसा,अस्ट्रेलियन डलर एकको खरिद दर ८७.८३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.२३ रुपैयाँ तथा  क्यानेडियन डलर एकको खरिददर ९९रुपैयाँ ३२ पैसा  र बिक्रीदर  ९९ रुपैयाँ  ७८ पैसा कायम गरिएकाे छ । 

उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा तथा दक्षिण काेरिया १०० को खरिदमा १० रूपैयाँ १८ पैसा र बिक्रीदर  १० रूपैयाँ २३ पैसामा काराेबार गर्न सकिने राष्ट्र बैंकले जनाएकाे छ । 

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १९ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१६ रुपैयाँ तथा मलेसियन रिंगिट  एकको  खरिद  दर २८.२३रुपैयाँ रहेको छ भने बिक्री दर २८.३६ रुपैयाँमा काराेबार हुनेछ ।

 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update