Public Pana
सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्धारा दुख्ख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले ट्विटरमार्फत सीता दाहालप्रति श्रद्धाञ्जली र दाहालको परिवारमा समवेदना प्रकट गरेका छन् । 
भारतीय प्रधानमन्त्री मोदीले सीता दाहालको निधनको खबरले मर्माहत भएकोसमेत बताएका छन् ।

उनले लेखेका छन्, “श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । पुष्पकमल दाहालप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।”

modi sita1689151365.jpg


 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update