Public Pana
सीता दाहालको निधनपछि राष्ट्रिय सभा बैठक स्थगित

राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।  संघीय संसद भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजेका लागि तय भएको बैठक स्थगित भएको हो । 

आजको बैठक बिहीबारका लागि सारिएको संसद सचिवालयले जनाएको छ । 
प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान निधन भएपछि बैठक स्थगित गरिएको हो ।

दाहालको उपचारको क्रममा आज बिहान ८ ः ३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो । दाहाल दम्पतीबाट चार सन्तान रहेकामा जेठी छोरी ज्ञानु र छोरा प्रकाशको भने निधन भइसकेको छ । ज्ञानुको क्यान्सर तथा प्रकाशको हृदयाघातका कारण निधन भएको थियो ।

छोरी रेनु दाहाल हाल भरतपुर महानगरपालिकाकी प्रमुख छिन् । गंगा दाहाल प्रधानमन्त्रीको सचिवालयमा कार्यरत छिन् ।
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update